समुदायका लागी सामुदायिक रेडियो
मुक्तिनाथ एफएम
९० दशमलव ८ मेगाहर्ज

पाल्पा सुचना तथा सञ्चार सहकारी सस्था द्वारा संचालित सामुदायिक रेडियो मुक्तिनाथ एफ एम ९० दशमलव ८ मेगाहर्जको आधिकारिक साईट हो यो साईट तपाईहरुले ईन्टरनेटको पहुँच भएको ठाउँबाट विश्वको जुनसुकै कुनामा बसेर पनि सजिलै हेर्न, पढ्न र सुन्न सक्नु हुनेछ यसमा हामी विश्व भरिका सत्य, तथ्य र निष्पक्ष समाचारहरु प्रकाशन तथा प्रशारण गर्ने छौ ईन्टरनेट अनलाईनको यो दुनियामा फरक प्रस्तुति दिने हाम्रो सोच बिचार रहेको छ त्यसको लागि हामी सधैं तपाईहरुको अपार मायाँ, साथ सहयोग र सल्लाह सुझावको अपेक्षामा छौं ।
तपाईंहरुले दिनुभएका प्रतिक्रियाहरुको अन्तस्करण देखि स्वागत गर्ने छौं सुचनाको वर्तमान युगमा सामुदायका हरेक तहका मानिसहलाई सुचना, शिक्ष, अभिप्रेरणा एवंम मनोरन्जन प्रधान गरी स्वच्छ, सुदृढ र सम्पन्न जीबन शैली निर्माण गर्नु जनसमुदाय र राष्ट्र उन्नततिका लागि भुमिका खेल्नु प्रजातन्त्र मानवअधिकार र कानुनि राज्यको सम्वद्र्घन गर्नु सञ्चार माध्यमकोहरुको दायित्व हो भन्ने दृद संकल्पका साथ समुदायका लागी नेतुत्वदायी भुमिका खेल्न सक्ने पत्रकार, समाज सेवी तथा बुद्घि जीवीहरुको सामुहिक प्रयासमा स्थापना गरिएको हो सामुदायिक रेडियो मुक्तिनाथ एफएम ९० दशमलव ८ मेगाहर्ज ।
स्थानिय, रष्ट्रिय तथा अन्त रष्ट्रिय ब्यक्ति, समुदाय र संघ संस्थाहरुको सहयोग, सल्लाह र सदिच्छा सहित नियमित सेवा प्रदान गर्ने विश्वास लिएको छ । यो रेडियो मुक्तिनाथ पाल्पा जिल्लाको पश्चिम पाल्पाको रैनादेबी छहरा गाउपालीकाको एक मात्र रेडीयो हो।
छोटो समयमा लाखौ श्रोताको अपार माया र साथका कारण रेडीयो मुक्तिनाथले आफ्ना कार्यक्रमलाई थप प्रभावकारी बनाउदै अगाडि बढिरहेको छ । स्वदेशतथा विदेशमा रहेका श्रोर्ताको मागलाई मध्यनजर गरी www.radiomuktinath.org.np र हाम्रो पात्रोमा radio muktinath संञ्चालनमा ल्याएको छ ।
बजार गाउ बस्तीमा श्रोर्ता संग यो रेडियोको निकै राम्रो पहुच रहेको छ दैनिक १८ घण्टा (विहान ५ वजेदेखि राती ११ वजे सम्म) प्रशारण गरिरहेको छ
अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही, नवलपरासी, पर्वत, म्याग्दी, स्याङ्गजा, वाग्लुङ्ग, प्युठान दाङ, रोल्पा सल्यान रुकुम, बाँके, एंवम भारतको गोरखपुर लखनउ सम्मका गरि आधा नेपालका आधा करोड नेपाली जनताले प्रत्यक्ष र अनलाईनमा राम्रो प्रभाव राख्न सफल भई नियमित स्रोताहरुको चाहना अनुसारका आफ्नै उत्पादनहरुद्धारा मन जित्न सफल भई नियमित रुपमा कार्यक्रम प्रसारण गर्दै आएको छ ।
अत.सामुदायिक रेडियो यस क्षेत्र भित्रका सबै समुदायका नागरिकहरुको आफ्नो रेडियो बनाउन सके मात्र यसको भविष्य उज्वल रहने छ । तपाईको साथ सहयोग र सर्मथन बिना निश्चय पनि रेडियो सञ्चालनका लागि हामिलाई असहज हुने छ तर्सथ यहाँहरु र यहाँको संघ संस्थाको तर्फाबाट सल्लाह, सुझाव, शुभकामना, सूचना, बिज्ञापन उपलव्ध गराउनुका साथै बिभिन्न कोणबाट आर्थिक, भौतिक तथा नैतिक सहयोग र सर्मथनका लागि सबैमा हर्दिक अपिल गर्दछौं ।




