पाल्पाली संगम अमेरिकाद्धारा किशोरकिशोरीको लागी विद्यालयमा तालिम सम्पन्न

SITENAME

 

भुवन रायमाझी पाल्पा 

पाल्पाली संगम अमेरिकाको आर्थीक तथा प्राविधिक सहयोगमा तिनाउ गाउँपालिका वडा नंं ६ को जनदिप माध्यमिक विद्यालयमा किशोरकिशोरीहरुको लागी स्वास्थ्य पोषण र सरसफाई सम्वन्धि १ दिने तालिम सम्पन्न भएको छ । कार्यक्रममा ४० जना किशोरकिशोरी, शिक्षकहरु र व्यवस्थापन समितिको उपस्थिति थियो । यस कार्यक्रम सम्पन्न गर्नका लागी तिनाउ गाउँपालिकाले आयोजनाको भुमिका खेलेको र परिवार नियोजन सघं पाल्पाको प्राविधिक सहयोगमा गरेको थियो । पाल्पाली संगम अमेरीका पाल्पामा जन्मथलो वा कर्मथलो भई हाल अमेरीका बसोबास गरिरहेको व्यक्तिहरु मिलेर आफनो जिल्लासगँ बिभिन्न माध्यमबाट जोडिन र काम गर्नका लागी खोलिएको सस्था हो ।

यस सस्थाले स्वास्थ्य शिक्षा र पर्यटनलाई मुख्य बिषयवस्तु बनाएर काम गदै आईरहेको र तिनाउ गाउँपालिकाले “विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम” सन्चालन गरिरहेकोमा पाल्पाली संगम अमेरीकाले यस विद्यालयबाट किशोरकिशोरी शिक्षा सन्चालन यसै गाउँपालिकासगँ समन्वय गरि सम्पन्न गरेको कुरा यस सस्थाका अध्यक्ष महेश भट्टराईले जानकारी गराउनु भयो । यस कार्यक्रम सन्चालन क्रममा परिवार नियोजन सघ पाल्पा शाखाका प्रमुख शोभाकान्त न्यौपानेले किशोरकिशोरीहरुको प्रजनन स्वास्थ्य सम्वन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । पोषण र स्वास्थ्य सम्वन्धि प्रस्तुतिकरण तिनाउ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्ण कार्कीले गर्नुभएको थियो । तिनाउ गाउँपालिकाले स्वास्थ्य, पोषण र सरसफाईको क्षेत्रमा प्राथमीकतामा राखेर विभिन्न काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर काम गर्ने जानकारी गराउनु भयो । पाल्पाली संगम अमेरिकाको नेपाल संयोजक दिनेश घिमिरेले खानेपानि, सरसफाई सम्वन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । आगामी दिनमा पनि पाल्पा जिल्लाका स्वास्थ्य, शिक्षा र पर्यटनलाई ध्यानमा राखेर आवश्यकता अनुसार पाल्पाको लागी आफुले काम गर्ने जनाउनु भयो । यस कार्यक्रमबाट विद्यार्थीहरुले आफु, आफनो समुदाय र स्कुलमा कसरी परिवर्तन गर्न सकिन्छ भनि उत्प्रेरणाको लागी यस कार्यक्रम सन्चालन गरेको कुरा घिमिरेले जानकारी गराउनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

रैनादेवी छहरा गाउँपालिकाद्वारा बाढीपीडितको लागि ३५ लाख ४४ हजार बढी राहत घोषणा

भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपीडितको सहयोगका लागि ३५ लाख ४४ हजार ३४५ रुपैयाँ राहत उपलब्ध

SITENAME

रैनादेवी छहराको सिद्धेश्वरमा बाँदर र वन्यजन्तु नियन्त्रणका लागि हेरालु राखियो

भुवन रायमाझी वन्यजन्तुले बालीनाली नष्ट गरेर सास्ती दिएपछि पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ ले किसानहरूको सुविधाका लागि ुबाँदर

SITENAME

रैनादेवी छहरा–७ द्वारा तीज मिलन कार्यक्रम रद्द, १५ हजार प्रधानमन्त्री राहत कोषमा पठाउने 

भुवन रायमाझी देशभर उत्पन्न प्राकृतिक विपत्ति र राष्ट्रिय शोकको घडीलाई मध्यनजर गर्दै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ७ ले यस वर्ष तीज