तिनाउ गाउँपालिकाद्वारा बाढीपीडितका लागि ३२ लाखभन्दा बढी सहयोग गर्ने

भुवन रायमाझी
पाल्पाको तिनाउ गाउँपालिकाले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३२ लाख १४ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।गाउँपालिकाको भदौ १२ गते बसेको कार्यपालिका बैठकले बाढीपीडितको खोज, उद्धार, राहत तथा पुनस्थापनाका लागि ऐक्यबद्धता जनाउँदै सो रकम सहयोग गर्ने निर्णय गरेको हो।गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनु भयो ।
विपद व्यवस्थापन कोषबाट ३ लाख रुपैयाँ,हरितालिका तीज लगायतका कार्यक्रम बजेटबाट ४ लाख रुपैयाँ,जनप्रतिनिधि, कर्मचारी र शिक्षकको पारिश्रमिकबाट २५ लाख १४ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रमा भएको ठूलो धनजनको क्षतिप्रति तिनाउ गाउँपालिकाले गहिरो दुख व्यक्त गरेको छ।
गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत दिनेश सारूद्वारा हस्ताक्षरित विज्ञप्तिमा मृतकहरूप्रति श्रद्धाञ्जली, शोककुल परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।साथै, गाउँपालिकाले बेपत्ता नागरिकहरूको सकुशल फिर्तीको कामना गर्दै उद्धार र राहत कार्यमा निरन्तर समन्वय गर्ने प्रतिबद्धता जनाएको छ। विपद्को यस घडीमा अहोरात्र खटिने सुरक्षा निकाय, स्वयंसेवक तथा सहयोगी संघसंस्थाहरूलाई गाउँपालिकाले धन्यवाद दिँदै राहत र पुनस्थापनामा सहयोग पुर्याउन सबै पक्षसँग अपिलसमेत गरेको छ।

रैनादेवी छहराको बल्ढेङ्गढीमा खोलाले बगाउँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा खोलाले बगाउँदा मोटरसाइकलमा सवार दुई जना युवाको मत्यु भएको छ। मृत्यु हुनेहरूमा रैनादेवी छहरा

रैनादेवी छहरा गाउँपालिकाद्वारा बाढीपीडितको लागि ३५ लाख ४४ हजार बढी राहत घोषणा
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपीडितको सहयोगका लागि ३५ लाख ४४ हजार ३४५ रुपैयाँ राहत उपलब्ध

रैनादेवी छहराको सिद्धेश्वरमा बाँदर र वन्यजन्तु नियन्त्रणका लागि हेरालु राखियो
भुवन रायमाझी वन्यजन्तुले बालीनाली नष्ट गरेर सास्ती दिएपछि पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ ले किसानहरूको सुविधाका लागि ुबाँदर





प्रतिकृया दिनुहोस