रैनादेवी छहराको सिद्धेश्वरमा बाँदर र वन्यजन्तु नियन्त्रणका लागि हेरालु राखियो

भुवन रायमाझी
वन्यजन्तुले बालीनाली नष्ट गरेर सास्ती दिएपछि पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ ले किसानहरूको सुविधाका लागि ुबाँदर हेरालुु राख्ने निर्णय गरेको छ। वडाभरि बाँदर, बँदेल र दुम्सीले बालीनाली भित्र्याउनै नदिने गरी सताउन थालेपछि स्थानीय किसानको समस्यालाई मध्यनजर गर्दै ३ जना हेरालु राखिएको हो।
रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सोमबहादुर दर्लामीका अनुसार किसानलाई राहत दिन र उनीहरूको मेहनत जोगाउन यो कदम चालिएको जानकारी दिनु भयो । उहाँका अनुसार वडामा बाँदर, बँदेल र दुम्सीले किसानहरूलाई वर्षभरि खाने बालीनाली जोगाउन नदिए पछि किसानहरूको यही ठूलो समस्यालाई ध्यानमा राखेर वडा कार्यालयले सिङ्गो वडाभरिका लागि ३ जना हेरालु राख्ने निर्णय गरी काममा खटाइसकेका समेत जानकारी दिनु भयो । लामो समयदेखि वन्यजन्तुको आतंकका कारण किसानहरूले लगाएको बाली घर भित्र्याउन नपाउँदै खेतबारीमै सोत्तर हुने गरेको थियो।
किसानहरूको यो मर्कालाई सम्बोधन गर्दै वडा कार्यालयले कार्यपालिका र वडाको बजेट तथा व्यवस्थापनमा ३ जना हेरालु खटाएको छ। वडा कार्यालयको यो निर्णयपछि वन्यजन्तुको भयले खेतीपाती छाड्ने अवस्थामा पुगेका स्थानीय किसानहरू हर्षित भएका छन्।

रैनादेवी छहराको बल्ढेङ्गढीमा खोलाले बगाउँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा खोलाले बगाउँदा मोटरसाइकलमा सवार दुई जना युवाको मत्यु भएको छ। मृत्यु हुनेहरूमा रैनादेवी छहरा

रैनादेवी छहरा गाउँपालिकाद्वारा बाढीपीडितको लागि ३५ लाख ४४ हजार बढी राहत घोषणा
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपीडितको सहयोगका लागि ३५ लाख ४४ हजार ३४५ रुपैयाँ राहत उपलब्ध

रैनादेवी छहरा–७ द्वारा तीज मिलन कार्यक्रम रद्द, १५ हजार प्रधानमन्त्री राहत कोषमा पठाउने
भुवन रायमाझी देशभर उत्पन्न प्राकृतिक विपत्ति र राष्ट्रिय शोकको घडीलाई मध्यनजर गर्दै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ७ ले यस वर्ष तीज





प्रतिकृया दिनुहोस