रैनादेवी छहरा–७ द्वारा तीज मिलन कार्यक्रम रद्द, १५ हजार प्रधानमन्त्री राहत कोषमा पठाउने 

SITENAME


भुवन रायमाझी


देशभर उत्पन्न प्राकृतिक विपत्ति र राष्ट्रिय शोकको घडीलाई मध्यनजर गर्दै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ७ ले यस वर्ष तीज मिलन कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको छ। तीजको अवसरमा गरिने औपचारिक तथा सांस्कृतिक कार्यक्रम रद्द गरी त्यसका लागि छुट्याइएको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको वडा अध्यक्ष देवेन्द्र पुनले जानकारी दिनु भयो । वडा कार्यालयले तीज मिलन कार्यक्रमका लागि तय गरिएको बजेटबाट  पन्ध्र हजार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरेको समेत अध्यक्ष पुनले जानकारी दिनु भयो ।

 

वडाको यस निर्णयलाई स्थानीयवासी तथा सरोकारवालाहरूले सकारात्मक रूपमा लिँदै विपद्को समयमा सबै निकायबाट यस्तै सामाजिक उत्तरदायित्व र सानो सहयोगको अपेक्षा गरिएको बताएका छन्।

प्रतिकृया दिनुहोस
SITENAME

रैनादेवी छहराको बल्ढेङ्गढीमा खोलाले बगाउँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा खोलाले बगाउँदा मोटरसाइकलमा सवार दुई जना युवाको मत्यु भएको छ। मृत्यु हुनेहरूमा रैनादेवी छहरा

SITENAME

रैनादेवी छहरा गाउँपालिकाद्वारा बाढीपीडितको लागि ३५ लाख ४४ हजार बढी राहत घोषणा

भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपीडितको सहयोगका लागि ३५ लाख ४४ हजार ३४५ रुपैयाँ राहत उपलब्ध

SITENAME

रैनादेवी छहराको सिद्धेश्वरमा बाँदर र वन्यजन्तु नियन्त्रणका लागि हेरालु राखियो

भुवन रायमाझी वन्यजन्तुले बालीनाली नष्ट गरेर सास्ती दिएपछि पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ ले किसानहरूको सुविधाका लागि ुबाँदर