रैनादेवी छहरा गाउँपालिकाद्वारा बाढीपीडितको लागि ३५ लाख ४४ हजार बढी राहत घोषणा

भुवन रायमाझी
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपीडितको सहयोगका लागि ३५ लाख ४४ हजार ३४५ रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। गत भाद्र १० गते आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनमा ठूलो जनधनको क्षति पुर्याएपछि गाउँपालिकाले यो सहयोगको घोषणा गरेको गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिनु भयो ।
आज गाउँपालिकाले सार्वजनिक गरेको प्रेस विज्ञप्ति मार्फत गाउँपालिकाका जनप्रतिनिधिहरू, शिक्षक, कर्मचारी, स्थानीय विपद् व्यवस्थापन राहत कोष तथा बल्डेङ्ढी तीज गीत कार्यक्रमबाट प्राप्त रकम एकीकृत गरी उक्त सहयोग उपलब्ध गराउने अध्यक्ष भटराईले बताउनु भयो ।रैनादेवी छहराका जनप्रतिनिधिहरूतर्फबाट २ लाख ५, हजार ९५० रुपैयाँ कर्मचारीहरूतर्फबाट ६ लाख ४८ हजार ८९ रुपैयाँ शिक्षकहरूतर्फबाटस् २४ लाख २५ हजार ३ १४ रुपैयाँ स्थानीय विपद् व्यवस्थापन राहत कोषबाटस् २ लाख ५० हजार रुपैयाँ र बल्डेङ्ढी तीज गीत कार्यक्रमबाट १५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका जनाएको छ ।
पालिकाले विपद्को यो कठिन समयमा सम्पूर्ण सरकारी निकाय, निजी क्षेत्र र आम नागरिकलाई पीडितको उद्धार र राहतमा एकजुट हुन समेत अनुरोध गरेको छ ।

रैनादेवी छहराको बल्ढेङ्गढीमा खोलाले बगाउँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा खोलाले बगाउँदा मोटरसाइकलमा सवार दुई जना युवाको मत्यु भएको छ। मृत्यु हुनेहरूमा रैनादेवी छहरा

रैनादेवी छहराको सिद्धेश्वरमा बाँदर र वन्यजन्तु नियन्त्रणका लागि हेरालु राखियो
भुवन रायमाझी वन्यजन्तुले बालीनाली नष्ट गरेर सास्ती दिएपछि पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ ले किसानहरूको सुविधाका लागि ुबाँदर

रैनादेवी छहरा–७ द्वारा तीज मिलन कार्यक्रम रद्द, १५ हजार प्रधानमन्त्री राहत कोषमा पठाउने
भुवन रायमाझी देशभर उत्पन्न प्राकृतिक विपत्ति र राष्ट्रिय शोकको घडीलाई मध्यनजर गर्दै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ७ ले यस वर्ष तीज





प्रतिकृया दिनुहोस