रैनादेवी छहराको बल्ढेङ्गढीमा खोलाले बगाउँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

भुवन रायमाझी
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा खोलाले बगाउँदा मोटरसाइकलमा सवार दुई जना युवाको मत्यु भएको छ। मृत्यु हुनेहरूमा रैनादेवी छहरा गाउँपालिका–७ जोगदमार बस्ने ३२ वर्षीय विपिन पोखरेल र सोही ठाउँका २२ वर्षीय प्रविन पुन रहेका छन्।अस्थायी प्रहरी पोस्ट बेलवासका अनुसार उनीहरू लु २१ प ९८७६ नम्बरको रातो(कालो रङको १५० सीसीको पल्सर मोटरसाइकलमा यात्रा गरिरहेका बेला भदौ १५ गते बेलुकीदेखि बेपत्ता भएका थिए। उनीहरू घर नफर्किएपछि परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए।
निवेदनका आधारमा खोजी कार्य तीव्रताका साथ अगाडि बढाउने क्रममा बल्ढेङ्गढी क्षेत्रको खोलामा उनीहरूलाई क्षतिग्रस्त मोटरसाइकलसँगै मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।घटनाको पुष्टि गर्दै रैनादेवी छहरा–७ का वडा अध्यक्ष देवेन्द्र पुनले स्थानीय सरकार र प्रहरीको रोहबरमा घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ।

रैनादेवी छहरा गाउँपालिकाद्वारा बाढीपीडितको लागि ३५ लाख ४४ हजार बढी राहत घोषणा
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपीडितको सहयोगका लागि ३५ लाख ४४ हजार ३४५ रुपैयाँ राहत उपलब्ध

रैनादेवी छहराको सिद्धेश्वरमा बाँदर र वन्यजन्तु नियन्त्रणका लागि हेरालु राखियो
भुवन रायमाझी वन्यजन्तुले बालीनाली नष्ट गरेर सास्ती दिएपछि पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ ले किसानहरूको सुविधाका लागि ुबाँदर

रैनादेवी छहरा–७ द्वारा तीज मिलन कार्यक्रम रद्द, १५ हजार प्रधानमन्त्री राहत कोषमा पठाउने
भुवन रायमाझी देशभर उत्पन्न प्राकृतिक विपत्ति र राष्ट्रिय शोकको घडीलाई मध्यनजर गर्दै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ७ ले यस वर्ष तीज





प्रतिकृया दिनुहोस