रिब्दीकोट गाउँपालिकाको कुसुमखोलामा बाख्रा वितरण

जलेश्वर उद्यमी महिला समुहको आयोजना एवं हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा रिब्दीकोट गाउँपालिका प्राविधिक सहयोगमा “भोकालाइ एक छान भोजन होइन जिउने जुक्ति सिकाऔँ” भन्ने उद्धेश्यले बाख्रा वितरण गरिएको छ। हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा ग्रामिण आर्थिक विकास संघ रेडा पाल्पाको सहजिकरणमा रिब्दीकोट कृषि परियोजना अन्तर्गत बाख्रा उपहार कार्यक्रम सम्पन्न गरिएको हो।
बाख्रा वितरण कार्यक्रमको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले उद्घाटन गर्नुभएको छ।जलेश्वर महिला उद्यमी समुहको आयोजना एवं हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा गरिएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलको विशिष्ट आतिथ्यता रहेको थियोे । हेफर प्रोजेक्ट नेपालका कर्मचारी र जलेश्वर महिला उद्यमी समुह सहितको सम्बन्धित सरोकारवालाको उपस्थितिमा रिब्दीकोट गाउँपालिकाको कुसुमखोलामा बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ।

बाढीले खोसेको खुसी र परदेशले छेकेको आँसु ,पीडामै बित्दैछ यसपालिको दसैँ
बबिता थापा सन्ध्या कसैको परदेशमा आँसु, कसैको घरमा विपत्ति—कहाँ छ यसपालिको दसैँको खुसी? यसपालिको चाडपर्व: परदेशमा आफन्त, गाउँमा बाढीपहिरोको पीडा र

पत्रकारितामा महिलाः अधिक चुनौती, न्यून अवसर
सुजता थापा, रेडियो मुक्तिनाथ पाल्पा रेडियो मेरो सपना, मेरो पहिचान सानै उमेरदेखि रेडियो मेरो साथी थियो। बिहान उठ्ने बित्तिकै रेडियोको आवाज

अञ्जलीको देश फर्कने चाहना !
दाइ तपाईँ पनि यही लाइनमा हो र ? ” ‘‘होइन, मेरो साथी चाहिँ लाइनमा हुनुहुन्छ फिनान्स भर्नाको लागि’’ मैले जवाफ फर्काएँ । पहिलो पटक देखेको भए





प्रतिकृया दिनुहोस