रैनादेवी छहराको महिपोखरास्थित सुपादेउराली मन्दिरमा देवीको मूर्ति प्राणप्रतिष्ठा गरियो

भुवन रायमाझी
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, महिपोखरामा निर्माण गरिएको सुपादेउराली मन्दिरमा आज नवदुर्गाको पहिलो दिन अर्थात् घटस्थापनाका अवसरमा देवीको भव्य मूर्ति प्राणप्रतिष्ठा गरिएको छ।धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको सो मन्दिरमा पूजापाठ एवं भजनकीर्तनसहित देवीको विशाल मूर्ति भित्र्याएर विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नलबहादुर रानाले जानकारी दिनुभयो।
यसैगरी, आउँदो कात्तिक ६ गते विशेष पूजापाठ, भजनकीर्तन तथा पञ्चेबाजाका साथ मन्दिरको औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ। उद्घाटनका अवसरमा मन्दिर निर्माणका लागि नगद तथा जिन्सी सहयोग गर्ने, खानेपानी तथा ट्याङ्की व्यवस्थापन गर्ने, प्रतिक्षालय र मूल ढोका निर्माण गरिदिने, एवं देवी र बाघको मूर्ति उपलब्ध गराउने सम्पूर्ण चन्दादाताहरूलाई सम्मान गरिने मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष टेकराज पोखरेलले बताउनुभयो।
स्थानीय समाजसेवी तथा धार्मिक अगुवाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा महिपोखरास्थित सुपादेउराली मन्दिरको धार्मिक महिमा र महत्त्वलाई व्यापक प्रचारप्रसार गर्न सके यस क्षेत्रमा पर्यटन प्रवर्द्धन भई थप रोजगार तथा आयआर्जनका अवसर सिर्जना हुने विश्वास व्यवस्थापन समितिले लिएको छ।

बाढीले खोसेको खुसी र परदेशले छेकेको आँसु ,पीडामै बित्दैछ यसपालिको दसैँ
बबिता थापा सन्ध्या कसैको परदेशमा आँसु, कसैको घरमा विपत्ति—कहाँ छ यसपालिको दसैँको खुसी? यसपालिको चाडपर्व: परदेशमा आफन्त, गाउँमा बाढीपहिरोको पीडा र

रैनादेवी छहराको सुन्दरेढुङ्गा–जुठापौवा–सालझण्डी सडकखण्डको निर्माण तथा स्तरोन्नति कार्य तीव्र
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकाअन्तर्गत पर्ने सुन्दरेढुङ्गा–जुठापौवा–सालझण्डी सडकखण्डको निर्माण तथा स्तरोन्नति कार्य

रिब्दीकोटमा नैतिक शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
भुवन रायमाझी पाल्पाको रिब्दीकोट गाउँपालिकामा स्थानीय तह, शिक्षक तथा विद्यार्थीबीच नैतिक शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको





प्रतिकृया दिनुहोस