रिब्दीकोटमा नैतिक शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SITENAME

 

भुवन रायमाझी

 पाल्पाको रिब्दीकोट गाउँपालिकामा स्थानीय तह, शिक्षक तथा विद्यार्थीबीच नैतिक शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। रिब्दीकोट गाउँपालिकाको आयोजना तथा रिब्दीकोट बौद्ध विहारको सहकार्यमा देउरालीस्थित विकास केन्द्रको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।विद्यार्थीमा नैतिक मूल्य, मान्यता, अनुशासन, सदाचार, असल आचरण तथा मानवीय व्यवहारको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

 

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले नेपालको शिक्षा प्रणालीमा नैतिक तथा आध्यात्मिक शिक्षाले पर्याप्त स्थान नपाएको बताउनुभयो। उहाँले पालिकाभित्रका प्रत्येक विद्यालयमा नैतिक शिक्षाको पठनपाठन आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा प्रशिक्षकका रूपमा सहभागी भिक्षु पी. ए. रत्न स्थविर, भिक्षु महेन्द्र स्थविर र भिक्षु मेघंईकर स्थविरले नैतिक शिक्षा, मानवता, शान्ति, अहिंसा, सद्भाव, सहिष्णुता तथा सकारात्मक सोचका विषयमा प्रशिक्षण दिनुभएको थियो। सो अवसरमा परियत्ति शिक्षाको महत्व र आवश्यकताबारे समेत चर्चा गरिएको थियो।कार्यक्रममा शिक्षक तथा विद्यार्थीलाई दैनिक जीवनमा असल व्यवहार अपनाउन, गुरु तथा अभिभावकप्रति सम्मान व्यक्त गर्न, समाजमा आपसी सद्भाव कायम राख्न र अनुशासित जीवनशैली अवलम्बन गर्न प्रेरित गरिएको थियो। औपचारिक शिक्षासँगै नैतिक तथा व्यावहारिक शिक्षालाई जोड दिन सके असल आचरण भएका जिम्मेवार नागरिक निर्माण गर्न सकिनेमा सहभागीहरूले जोड दिएका थिए।पछिल्लो समय बालबालिका तथा युवापुस्तामा नैतिक मूल्य, सामाजिक जिम्मेवारी र मानवीय व्यवहारको विकास आवश्यक बन्दै गएको अवस्थामा यस्ता कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोच र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीको स्वागत तथा शिक्षा शाखा प्रमुख राजाराम भाटको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षक तथा शिक्षिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।रिब्दीकोट गाउँपालिकाको शिक्षा शाखाका अनुसार नैतिक शिक्षासम्बन्धी यस्तै कार्यक्रम भोलि बतासेमा पनि सञ्चालन गरिनेछ।

प्रतिकृया दिनुहोस
SITENAME

बाढीले खोसेको खुसी र परदेशले छेकेको आँसु ,पीडामै बित्दैछ यसपालिको दसैँ

बबिता थापा सन्ध्या कसैको परदेशमा आँसु, कसैको घरमा विपत्ति—कहाँ छ यसपालिको दसैँको खुसी? यसपालिको चाडपर्व: परदेशमा आफन्त, गाउँमा बाढीपहिरोको पीडा र

SITENAME

रैनादेवी छहराको सुन्दरेढुङ्गा–जुठापौवा–सालझण्डी सडकखण्डको निर्माण तथा स्तरोन्नति कार्य तीव्र 

भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकाअन्तर्गत पर्ने सुन्दरेढुङ्गा–जुठापौवा–सालझण्डी सडकखण्डको निर्माण तथा स्तरोन्नति कार्य

SITENAME

रैनादेवी छहराको महिपोखरास्थित सुपादेउराली मन्दिरमा देवीको मूर्ति प्राणप्रतिष्ठा गरियो

  भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, महिपोखरामा निर्माण गरिएको सुपादेउराली मन्दिरमा आज नवदुर्गाको पहिलो दिन अर्थात्

↑