रैनादेवी छहराको सुन्दरेढुङ्गा–जुठापौवा–सालझण्डी सडकखण्डको निर्माण तथा स्तरोन्नति कार्य तीव्र 

SITENAME


भुवन रायमाझी


पाल्पाको रैनादेवी छहरा गाउँपालिकाअन्तर्गत पर्ने सुन्दरेढुङ्गा–जुठापौवा–सालझण्डी सडकखण्डको निर्माण तथा स्तरोन्नति कार्य तीव्र रूपमा अघि बढेको छ। सडक स्तरोन्नति कार्यअन्तर्गत हालै प्राइम छर्ने कार्यको गाउँपालिकाले अनुगमन गरेको छ।

पहाड र तराईको दूरी छोट्याउने महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको सुन्दरेढुङ्गा–जुठापौवा–सालझण्डी सडकखण्डको करिब ११ सय मिटर क्षेत्रमा प्राइम छर्ने कार्य सकिएपछि त्यसको स्थलगत अनुगमन गरिएको हो। सडक निर्माण तथा स्तरोन्नति भएसँगै बाह्रै महिना सदरमुकाम तानसेन र बुटवल आवतजावत गर्न त्यस क्षेत्रका नागरिकलाई ठूलो सहजता पुग्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले यस सडकलाई गाउँपालिकाको गौरवको आयोजनाका रूपमा हेरिएको बताउनुभयो।

 

यो सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि पाल्पाका साथै गुल्मी, अर्घाखाँची र रूपन्देही जिल्लालाई आपसमा जोड्न तथा दूरी छोट्याउन महत्त्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ। सडक निर्माणसँगै स्थानीय उत्पादनको बजारीकरण र आर्थिक गतिविधिमा समेत वृद्धि हुने अपेक्षा गाउँपालिकाले लिएको छ।अनुगमनमा गाउँपालिका उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत श्यामशरण गैह्रे, प्राविधिक प्रमुख एन्जिला राना, अन्य शाखाका कर्मचारी तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस
SITENAME

बाढीले खोसेको खुसी र परदेशले छेकेको आँसु ,पीडामै बित्दैछ यसपालिको दसैँ

बबिता थापा सन्ध्या कसैको परदेशमा आँसु, कसैको घरमा विपत्ति—कहाँ छ यसपालिको दसैँको खुसी? यसपालिको चाडपर्व: परदेशमा आफन्त, गाउँमा बाढीपहिरोको पीडा र

SITENAME

रिब्दीकोटमा नैतिक शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  भुवन रायमाझी  पाल्पाको रिब्दीकोट गाउँपालिकामा स्थानीय तह, शिक्षक तथा विद्यार्थीबीच नैतिक शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको

SITENAME

रैनादेवी छहराको महिपोखरास्थित सुपादेउराली मन्दिरमा देवीको मूर्ति प्राणप्रतिष्ठा गरियो

  भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, महिपोखरामा निर्माण गरिएको सुपादेउराली मन्दिरमा आज नवदुर्गाको पहिलो दिन अर्थात्

↑