पत्रकारितामा महिलाः अधिक चुनौती, न्यून अवसर

SITENAME

सुजता थापा, रेडियो मुक्तिनाथ पाल्पा

 

रेडियो मेरो सपना, मेरो पहिचान ????️ सानै उमेरदेखि रेडियो मेरो साथी थियो। बिहान उठ्ने बित्तिकै रेडियोको आवाज सुन्ने बानी, साँझमा मनपर्ने कार्यक्रम कुर्ने उत्साह — यही मेरो दैनिक जीवनको हिस्सा बनेको थियो। त्यो समय इन्टरनेट र मोबाइल त्यति सुलभ थिएनन्, रेडियो नै मनोरञ्जन र जानकारीको प्रमुख माध्यम थियो। मलाई खासै थाहा थिएन, यो सानो रुचि एक दिन मेरो पहिचान बन्नेछ भनेर। रेडियो सुन्दा मलाई सधैं लाग्थ्यो — त्यो माइक्रोफोन पछाडि को होला? त्यो मिठो आवाज कसको होला? म पनि एकदिन त्यहाँ पुग्न सक्छु कि? ती प्रश्नहरू मेरो मनमा बारम्बार घुम्थे। अनि बिस्तारै, सपनाको बीउ त्यहीँ रोपियो। म सानो हुँदा विभिन्न कार्यक्रमहरूमा फोन गरेर गीत माग्थें, सन्देश पठाउँथेँ, अनि जब मेरो आवाज रेडियोमा बज्थ्यो, त्यो क्षण मेरो लागि अति मूल्यवान हुन्थ्यो। हरेक पटक यस्तो लाग्थ्यो — “रेडियोले मलाई चिन्यो।” यही उत्साह र अनुभवले मलाई रेडियोतिर हिँड्ने साहस दियो रेडियोमा काम सुरु गर्नु सजिलो थिएन। सुरुमा म केवल सिक्न चाहन्थें — कसरी कार्यक्रम बनाइन्छ, ध्वनि रेकर्ड कसरी गरिन्छ, समाचार कसरी प्रस्तुत गरिन्छ। हरेक कुरा नयाँ थियो।

पहिलो पटक माइक्रोफोनमा बोल्दा म निकै डराएकी थिएँ। आवाज काँप्थ्यो, शब्दहरू गडबडिन्थे। तर हरेक गल्तीपछि सुधार्ने हिम्मत म जुटाउँथेँ। रेडियोका दिदीबहिनी र दाजुभाइहरूले पनि मलाई सिकाए — “रेडियोको संसारमा आत्मविश्वास नै सबैभन्दा ठूलो कुरा हो।” बिस्तारै मैले मेरो आवाजमा आत्मविश्वास ल्याएँ, अनि रेडियो मेरो विद्यालय बन्यो। आज म गर्वका साथ भन्छु — रेडियोको लगभग सबै पक्षमा मैले काम गर्न सकेकी छु। कार्यक्रम सञ्चालनदेखि समाचार वाचन, सम्पादन, ध्वनि मिक्सिङ, र स्क्रिप्ट लेखनसम्म — सबै क्षेत्रमा म सक्रिय छु। यी सीपहरू कुनै एक दिनमा आएको होइनन्। प्रत्येक प्रसारणले, प्रत्येक गल्तीले, प्रत्येक सल्लाहले मलाई आजको म बनाएको हो। रेडियोमा काम गर्दा मैले बुझें — यो केवल बोल्ने माध्यम होइन, भावना र जिम्मेवारीको संसार हो। हरेक शब्दले कसैको मन छोइसक्छ, कसैलाई हर्षित बनाउँछ, कसैलाई जानकारी दिन्छ।

त्यसैले हरेक पटक म माइक्रोफोन अगाडि उभिँदा केवल आफ्नो लागि होइन, हजारौं श्रोताहरूका लागि बोल्छु भन्ने अनुभूति हुन्छ्। अबसम्म मैले एउटै रेडियोमा ८ वर्ष बिताइसकेकी छु। यो अवधि मेरो जीवनको सबैभन्दा सिकाइपूर्ण र सन्तोषजनक समय हो। सुरुमा उत्सुकता थियो, अहिले प्रेम छ। रेडियो मेरो काम मात्र होइन, मेरो पहिचान बनेको छ। यी वर्षहरूमा मैले थुप्रै चुनौती सामना गरेँ — कहिले समयको अभाव, कहिले प्रविधिगत समस्या, कहिले आलोचना। तर हरेक कठिनाइले मलाई अझ बलियो बनायो। आज जब म कुनै कार्यक्रम सञ्चालन गर्छु, श्रोताको सन्देश पढ्छु, वा समाचार वाचन गर्छु, मलाई गर्व लाग्छ — म त्यो सपनाको बाटोमै छु जुन मैले बाल्यकालमा देखेकी थिए रेडियो मेरो लागि केवल आवाजको माध्यम होइन, भावनाको संसार हो। यो माध्यमले मलाई बोल्न मात्र होइन, सुन्न पनि सिकायो। जब श्रोताहरूका सन्देश आउँछन् — “तपाईंको आवाज सुन्दा मन शान्त हुन्छ”, “तपाईंको कार्यक्रमले प्रेरणा दिन्छ” — त्यो हरेक शब्द मेरो लागि पुरस्कारजस्तै हुन्छ। रेडियोले मलाई आत्मविश्वासी बनायो, समाजसँग जोडियोस् भन्ने भावना जगायो, र साँचो अर्थमा सञ्चारकर्मीको जिम्मेवारी बोध गरायो। अब मेरो चाहना के हो भने, यो अनुभवलाई अझ फराकिलो बनाउन सकूँ।

नयाँ पुस्तालाई रेडियोको महत्व बुझाउन, सञ्चार क्षेत्रप्रतिको आकर्षण बढाउन म निरन्तर प्रयासरत छु। भविष्यमा पनि रेडियोमै रहँदै नयाँ स्वरहरू, नयाँ सोचहरू र नयाँ ऊर्जा समाजमा पुर्‍याउने मेरो लक्ष्य छ। रेडियो मेरो सपना हो, मेरो परिवार हो, मेरो आत्माको आवाज हो। म आज पनि जब माइक्रोफोन अघिल्तिर बस्छु, त्यो सानै उमेरको म सम्झन्छु — जसले पहिलो पटक फोन गरेर गीत मागेकी थिई। त्यो नानीको सपना आज साकार भएको छ। 

समाजमा महिला पत्रकारको दुख
राज्यको चौथो अंगका रूपमा रहेको सञ्चार क्षेत्रमा आबद्ध भई काम गर्ने पत्रकार महिला पनि त्यत्तिकै टाठो र चनाखो हुनुपर्ने पेशागत दायित्व पनि हो तर साँघुरो घेराभित्र रहेको हाम्रो समाजले नै त्यस्ता चुनौती थपेको छ जुन चुनौतीका कारण पत्रकार महिला पेशाबाटै पलायन हुन बाध्य छन्। विशेषगरी यस्ता चुनौतीको सामाना मोफसलमा बसेर पत्रकारिता गरिरहेका पत्रकार महिलाले भोग्दै आइरहेका छन्।

शारीरिक र बौद्धिक दुवै कुरामा अगाडि हुनुपर्ने यो पेशामा लागेका पत्रकार महिलाले अवसरभन्दा पनि धेरै चुनौती नै खेप्नुपरेको छ। मोफसलमा बसेर पत्रकारिता गर्दै आइरहेका महिलाले सामाजिक, आर्थिक र नैतिकरूपमा चुनौती सामना गर्नुपरिरहेको हुन्छ। आमसमाजको हौसला र प्रोत्साहनभन्दा पनि बढी आलोचनाको सामना गर्न बाध्य छन् मोफसलका पत्रकार महिला। आर्थिक अभावका कारण पत्रकार महिलाको संख्या बढाउन नसकिएको ठूला सञ्चारगृहका तर्क पनि सही होइनन्। त्यसैगरी अवसर भएको अवस्थामा पनि महिलालाई निर्णायक स्थानमा राख्न उनीहरु चाहँदैनन्। तसर्थ, यदि लैङ्गिक विभेदरहित समाज निर्माण गर्ने हो भने सञ्चार क्षेत्रमा पत्रकार महिलाको संख्या नबढाइ सुखै छैन। पेशागत क्षमता र दक्षताको आधारमा पत्रकार महिलालाई अवसर दिँदैँ जाने र ठूला सञ्चारगृह महिलामैत्री बन्ने हो भनेमात्र पत्रकार महिलाले भोग्दै आएका चुनौती न्युनीकरणमा मद्दत पुग्नेछ।

 

पत्रकारितामा महिलालाई हेर्ने दृष्टिकोण

साँच्चै नै भन्नुपर्दा महिलाका लागि घर इतरको बाहिरी संसार त्यति सहज भने पक्कै छैन । एकातिर घरपरिवार, छोराछोरी, इष्टमित्र सम्पूर्णको जिम्मेवारी त छदैछ अर्कोतिर प्रतिस्पर्धात्मक बाहिरी संसारमा स्थापित हुन झनै गाह्रो छ ।  यसको अर्थ असम्भव भने हुँदै होइन ।भनिन्छ नि ‘जहाँ इच्छा त्यहाँ उपाय” जब मानिसमा इच्छा शक्ति जागेर आउँछ, कुनै कुरा पनि असम्भव हुँदैन, त्यसको लागि पहिले आफूलाई सक्षम बनाउन त्यतिकै जरुरी छ ।पत्रकारिता क्षेत्र होस् वा अन्य क्षेत्रमा महिला सहभागिताको संख्या औँलामा गनिन सकिने छ । महिलाहरु पनि अगाडि बढ्नु पर्छ भन्ने हरेक तहबाट आवाज उठिरहन्छ तर, महिलालाई दिने जिम्मेवारी, कार्यस्थलको वातावरण, शारीरिक पेशागत सुरक्षाका कारणले पनि बाहिरी क्षेत्रमा महिला सहभागितालाई प्रभाव पार्ने गरेको छ 


विशेष गरी पत्रकारिता क्षेत्रमा हेर्ने हो भने पनि पुरुषको तुलनामा महिला सहभागिता अत्यन्तै कम छ । जसको मुख्य कारण दोहोरो कामको बोझ नै प्रमुख चुनौतिका रुपमा देखा परेको छ ।राष्ट्रको चौथो अंग मानिने पत्रकारितामा राजनीतिको प्रत्यक्ष प्रभाव, श्रमजीवि पत्रकारलाई नियमित पारिश्रमिकको अभाव, पत्रकार स्वंयम् समाज र पेशाप्रति इमान्दार बन्न नसक्नु साथै महिला पत्रकारहरु निर्णायक तहमा नहुनु, पितृसत्तात्मक सोँच, विवाह पश्चात अन्यत्र जानुपर्ने बाध्यता, महिला अधिकार सम्बन्धी विशेष संचार नीति र आचार संहिताको अभाव, संचार क्षेत्रको आधुनिकि प्रविधिको प्रयाप्त ज्ञानको कमी तथा आधारभुत साधनको अभाव आदि महिला पत्रकाहरुको चूनौति रहेको छ ।समाजमा महिलालाइ हेर्ने दृष्टिकोण जति फरक छ, पत्रकारितामा लाग्ने महिलालाइ हेर्ने नजर पनि त्यति नै धै सकारात्मक देखिदैन। बेला बेलामा महिला पत्रकारले मिडियामा काम गर्दा पत्रकार र संचार सस्थाबाटै प्रत्यक्ष परोक्ष भोगेका नमिठा घटनाहरुले पनि यसलाइ प्रष्ट्याउँछ ।

महिला पत्रकारको चित्र, चरित्र मात्र होइन, क्षमतामा, जिम्मेवारीमा, निरन्तरतामा, भविष्यमा समेत प्रश्न उठाएर निरुत्साहित गर्ने प्रवृत्ति छ ।पत्रकारिता क्षेत्रमा महिला सहभागिता न्युन हुनु महिला र पुरुषमा गरिने श्रम विभेदका कारण एउटा मुख्य पाटो रहेको छ भने संचार माध्यममा काम गर्न महिलामैत्री वातावरण नहुनु अर्को कारण हो । जसले गर्दा पत्रकारितामा क्रियाशील भएका महिलाहरु पनि पलायन हुने गरेका छन् ।लेखिका सामुदायीक रेडियो मुक्तिनाथमा बिगत ८ वर्ष बाट समाचार बाचिका को रुपमा काम गर्दे आउनु भएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

बाढीले खोसेको खुसी र परदेशले छेकेको आँसु ,पीडामै बित्दैछ यसपालिको दसैँ

बबिता थापा सन्ध्या कसैको परदेशमा आँसु, कसैको घरमा विपत्ति—कहाँ छ यसपालिको दसैँको खुसी? यसपालिको चाडपर्व: परदेशमा आफन्त, गाउँमा बाढीपहिरोको पीडा र

SITENAME

रिब्दीकोट गाउँपालिकाको कुसुमखोलामा बाख्रा वितरण

जलेश्वर उद्यमी महिला समुहको आयोजना एवं हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा रिब्दीकोट गाउँपालिका प्राविधिक सहयोगमा “भोकालाइ एक छान भोजन होइन

SITENAME

अञ्जलीको देश फर्कने चाहना !

दाइ तपाईँ पनि यही लाइनमा हो र ? ” ‘‘होइन,  मेरो साथी चाहिँ लाइनमा हुनुहुन्छ फिनान्स भर्नाको लागि’’ मैले जवाफ फर्काएँ  । पहिलो पटक देखेको भए

↑