रिब्दीकोटले गर्‍यो उत्कृष्ट नतिजा ल्याउने शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान

SITENAME

रिब्दीकोट गाउँपालिकाले शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल शिक्षक, विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ। गाउँपालिकाको आयोजनामा शुक्रबार गाउँ कार्यपालिकाको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने शिक्षक तथा विद्यार्थीलाई प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गरिएको हो।गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर (वसन्त) ले गर्नुभएको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्ती मगरले शिक्षा समाज रूपान्तरण र समृद्धिको प्रमुख आधार भएको बताउँदै शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्नु सकारात्मक अभ्यास भएको उल्लेख गर्दै यसले अन्य विद्यालय र विद्यार्थीलाई पनि मेहनत तथा प्रतिस्पर्धाका लागि प्रेरित गर्ने बताउनुभयो।

 

त्यस्तै, गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले शिक्षाको गुणस्तर सुधार गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक उपलब्धि बढाउन शिक्षकको लगनशीलता, विद्यार्थीको मेहनत र अभिभावकको साथ महत्त्वपूर्ण हुने उल्लेख गर्दै शिक्षण सिकाइलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन गाउँपालिकाले आवश्यक सहयोग र पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उत्कृष्ट नतिजा ल्याउने शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्दा शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा र प्रोत्साहनको वातावरण निर्माण हुने उहाँको भनाइ थियो।

 

कार्यक्रममा पालिकाभित्रका कक्षा ८, १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल १३० जना शिक्षक तथा उत्कृष्ट नतिजा प्राप्त गर्ने ९ जना विद्यार्थीलाई प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गरिएको थियो।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, निवर्तमान गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत शिशिर घिमिरे, सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा समितिका पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, पत्रकार, सुरक्षाकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।प्रमुख प्रशासकीय अधिकृत शिशिर घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम शिक्षा शाखा प्रमुख राजाराम भाटको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस
SITENAME

पाल्पाको तिनाउँमा असल अभ्यासको आदानप्रदान सहित जिल्ला समन्वय समितिको समन्वयात्मक बैठक गरियो

भुवन रायमाझी   पाल्पाको तिनाउँ गाउँपालिकामा जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा तथा तिनाउँ गाउँपालिकाको व्यवस्थापनमा स्थानीय तह, सुरक्षा

SITENAME

रिब्दीकोटको देउरालीमा ढलान सडक निर्माणको स्थलगत नापजाँच ,गुणस्तरीय काम गर्न अध्यक्ष कार्कीको निर्देशन

भुवन रायमाझी रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ स्थित नेटादेउरालीमा ढलान सडक निर्माणका लागि स्थलगत नापजाँचको कार्य सम्पन्न भएको छ।रिब्दीकोट

SITENAME

रास्वपा रिब्दीकोटको सभापतिमा तारादेवी उचै निर्विरोध निर्वाचित

भुवन रायमाझी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रिब्दीकोट गाउँपालिका समिति पाल्पाको पहिलो पालिका अधिवेशनबाट सभापतिमा तारादेवी उचै सहित सम्पूर्ण

↑