रिब्दीकोटको देउरालीमा ढलान सडक निर्माणको स्थलगत नापजाँच ,गुणस्तरीय काम गर्न अध्यक्ष कार्कीको निर्देशन

SITENAME

भुवन रायमाझी

रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ स्थित नेटादेउरालीमा ढलान सडक निर्माणका लागि स्थलगत नापजाँचको कार्य सम्पन्न भएको छ।रिब्दीकोट गाउँपालिकाबाट आर्थिक वर्ष २०८३र०८४ मा विनियोजित बजेटमार्फत निर्माण हुने उक्त सडकको  गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीसहित प्राविधिक टोलीले स्थानीय बासिन्दाको उपस्थितिमा स्थलगत निरीक्षण तथा नापजाँच गरेको हो।

 

स्थलगत नापजाँचका क्रममा गाउँपालिका अध्यक्ष कार्कीले सडक निर्माणलाई गुणस्तरीय, व्यवस्थित र स्थानीय बासिन्दालाई सहज हुने गरी अघि बढाउन प्राविधिकहरूलाई निर्देशन दिनुभएको छ।अध्यक्ष कार्कीले “स्थानीय बासिन्दाको आवश्यकतालाई प्राथमिकतामा राखेर सडक निर्माण कार्यमा गुणस्तरमा कुनै सम्झौता नगरी तोकिएको समयमै काम सम्पन्न हुने गरी आवश्यक प्रक्रिया अघि बढाउन प्राविधिक तथा सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ।उहाँले विकास निर्माणका योजनाहरू समयमै सम्पन्न गर्न स्थानीयवासी, प्राविधिक र जनप्रतिनिधिबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा समेत जोड दिनुभएको छ।

 

उक्त सडक निर्माण सम्पन्न भएपछि नेटादेउरालीका स्थानीय बासिन्दालाई आवतजावतमा सहजता हुनुका साथै स्थानीय पूर्वाधार विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ

प्रतिकृया दिनुहोस
SITENAME

पाल्पाको तिनाउँमा असल अभ्यासको आदानप्रदान सहित जिल्ला समन्वय समितिको समन्वयात्मक बैठक गरियो

भुवन रायमाझी   पाल्पाको तिनाउँ गाउँपालिकामा जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा तथा तिनाउँ गाउँपालिकाको व्यवस्थापनमा स्थानीय तह, सुरक्षा

SITENAME

रास्वपा रिब्दीकोटको सभापतिमा तारादेवी उचै निर्विरोध निर्वाचित

भुवन रायमाझी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रिब्दीकोट गाउँपालिका समिति पाल्पाको पहिलो पालिका अधिवेशनबाट सभापतिमा तारादेवी उचै सहित सम्पूर्ण

SITENAME

रास्वपा रैनादेवी छहराको सभापतिमा अम्मर कार्की सहित ११ सदस्यीय सर्वसम्मत निर्वाचित

रास्वपा रैनादेवी छहराको सभापतिमा अम्मर कार्की सहित ११ सदस्यीय सर्वसम्मत निर्वाचित भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा राष्ट्रिय

↑