रास्वपा रिब्दीकोटको सभापतिमा तारादेवी उचै निर्विरोध निर्वाचित

भुवन रायमाझी
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रिब्दीकोट गाउँपालिका समिति पाल्पाको पहिलो पालिका अधिवेशनबाट सभापतिमा तारादेवी उचै सहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनबाट उपसभापतिमा मदन नेपाल, सचिवमा जनक आचार्य र सहसचिवमा विवेक कुँवर निर्विरोध निर्वाचित भएका छन ।त्यसैगरी सदस्यहरूमा सान्ता भण्डारी, मिनप्रसाद पाण्डे, धिरेन प्रधान, कमला गैरे र रामप्रसाद भण्डारी निर्विरोध चयन भएका छन ।
पहिलो पालिका अधिवेशनबाट सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएसँगै पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रिब्दीकोट गाउँपालिका अधिबेसनमा संघीय सांसद डा माधव थापा रास्वपा पाल्पाका उपसभापति सुमन गैरे लगाएत जिल्ला, क्षेत्र र पालिकास्तरका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

पाल्पाको तिनाउँमा असल अभ्यासको आदानप्रदान सहित जिल्ला समन्वय समितिको समन्वयात्मक बैठक गरियो
भुवन रायमाझी पाल्पाको तिनाउँ गाउँपालिकामा जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा तथा तिनाउँ गाउँपालिकाको व्यवस्थापनमा स्थानीय तह, सुरक्षा

रिब्दीकोटको देउरालीमा ढलान सडक निर्माणको स्थलगत नापजाँच ,गुणस्तरीय काम गर्न अध्यक्ष कार्कीको निर्देशन
भुवन रायमाझी रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ स्थित नेटादेउरालीमा ढलान सडक निर्माणका लागि स्थलगत नापजाँचको कार्य सम्पन्न भएको छ।रिब्दीकोट

रास्वपा रैनादेवी छहराको सभापतिमा अम्मर कार्की सहित ११ सदस्यीय सर्वसम्मत निर्वाचित
रास्वपा रैनादेवी छहराको सभापतिमा अम्मर कार्की सहित ११ सदस्यीय सर्वसम्मत निर्वाचित भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा राष्ट्रिय





प्रतिकृया दिनुहोस