पाल्पाको तिनाउँमा असल अभ्यासको आदानप्रदान सहित जिल्ला समन्वय समितिको समन्वयात्मक बैठक गरियो

भुवन रायमाझी
पाल्पाको तिनाउँ गाउँपालिकामा जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा तथा तिनाउँ गाउँपालिकाको व्यवस्थापनमा स्थानीय तह, सुरक्षा निकाय र विकाससँग सम्बन्धित कार्यालयहरूबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ। बैठकमा पाल्पाका आठ गाउँपालिका र दुई नगरपालिकाबीच असल अभ्यासको आदानप्रदान गर्ने थालनी भएको छ।
कार्यक्रममा अन्तरपालिका बीचको छलफल, कानुन निर्माणमा देखिएका समस्या तथा जिल्लाभित्र सञ्चालित विकास निर्माणका आयोजना, सेवा प्रवाह, शान्ति सुरक्षा, सुशासन, विपद् व्यवस्थापन तथा स्थानीय तह र सरकारी निकायबीचको आपसी समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
जिल्लामा सञ्चालित विकास निर्माणका कार्यलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउनुका साथै सरकारी निकायहरूबीच आवश्यक सूचना आदानप्रदान, स्थानीय तहमा देखिएका समस्या, विकास आयोजनाको कार्यान्वयनमा आइपर्ने चुनौती, सेवा प्रवाहमा देखिएका कठिनाइ तथा नागरिकले प्राप्त गर्ने सार्वजनिक सेवालाई थप सहज र प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको थियो।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले आ–आफ्ना गाउँपालिका तथा नगरपालिकाले गरेका असल अभ्यास, फरक काम, विकास निर्माण, धार्मिक पर्यटन र कृषि क्षेत्रमा गरेका कामका बारेमा प्रस्तुतीकरण गरेका थिए।
त्यसैगरी, शान्ति सुरक्षा कायम गर्ने, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहकार्य बढाउने, विकास निर्माणका काममा देखिने अन्तरनिकायगत समस्या समाधान गर्ने र सरकारी सेवा नागरिकमैत्री बनाउने विषयलाई बैठकले प्राथमिकतामा राखेर छलफल गरेको थियो।
कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी पाएको तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले नदीजन्य पदार्थदेखि विकास निर्माणका कामसम्म छिमेकी पालिकाहरूबीच विभिन्न अन्योल र समस्या हुने गरेको बताउनुभयो।
नेपाल पत्रकार महासंघ पाल्पाका सभापति कमल तिमिल्सेनाले पाल्पाका पालिकाहरूबीच असल अभ्यासको आदानप्रदान गर्ने थालनीको प्रशंसा गर्दै पत्रकार महासंघसँग सहकार्य गरेर स्थानीय तहले गरेका कामलाई पुस्तिका (बुकलेट) मार्फत नागरिक समक्ष जानकारी गराउनुपर्ने बताउनुभयो।
पाल्पाका प्रहरी प्रमुखले सबै स्थानीय तहले बालविवाह न्यूनीकरण, विपद्जन्य घटना तथा अपराध न्यूनीकरण र सीसी क्यामेरा जडानलगायतका काममा ध्यान दिनुपर्ने बताउनुभयो। जिल्लामा हुने विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, उद्धार सामग्री र राहतको व्यवस्थापनमा एकआपसमा हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा डिभिजन वन कार्यालय, सडक डिभिजन कार्यालय र भूमि सम्बन्धी कार्यालयका प्रतिनिधिहरूले स्थानीय तहका प्रमुखहरूसँग विभिन्न विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए।
घुम्ती बैठकले जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंक खनालले स्थानीय तहका असल अभ्यास र सिकाइसम्बन्धी अनुभव आदानप्रदान गर्न तथा गाउँपालिका र नगरपालिकाबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको बताउनुभयो। साथै, स्थानीय तहका समस्या तथा उपलब्धिहरू प्रत्यक्ष रूपमा बुझ्न बैठकले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उपस्थित सबैलाई धन्यवाद दिनुभयो।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका कार्यालय प्रमुखहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो।

रिब्दीकोटको देउरालीमा ढलान सडक निर्माणको स्थलगत नापजाँच ,गुणस्तरीय काम गर्न अध्यक्ष कार्कीको निर्देशन
भुवन रायमाझी रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ स्थित नेटादेउरालीमा ढलान सडक निर्माणका लागि स्थलगत नापजाँचको कार्य सम्पन्न भएको छ।रिब्दीकोट

रास्वपा रिब्दीकोटको सभापतिमा तारादेवी उचै निर्विरोध निर्वाचित
भुवन रायमाझी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रिब्दीकोट गाउँपालिका समिति पाल्पाको पहिलो पालिका अधिवेशनबाट सभापतिमा तारादेवी उचै सहित सम्पूर्ण

रास्वपा रैनादेवी छहराको सभापतिमा अम्मर कार्की सहित ११ सदस्यीय सर्वसम्मत निर्वाचित
रास्वपा रैनादेवी छहराको सभापतिमा अम्मर कार्की सहित ११ सदस्यीय सर्वसम्मत निर्वाचित भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा राष्ट्रिय





प्रतिकृया दिनुहोस