रास्वपा रैनादेवी छहराको प्रथम पालिकास्तरीय अधिवेशन कात्तिक १४ गते हुने

SITENAME


 

भुवन रायमाझी

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम ऐतिहासिक पालिकास्तरीय अधिवेशन हुने भएको छ। रास्वपाले यही कात्तिक १४ गते पहिलोपटक पालिकास्तरीय अधिवेशन आयोजना गर्न लागेको जनाएको छ।सुशासन र युवा, समृद्ध पालिकाको आधार, समृद्ध रैनादेवी निर्माणमा हातेमालो गरौँ’ भन्ने नारासहित आयोजना हुन लागेको अधिवेशनको तयारी तीव्र पारिएको रास्वपा रैनादेवी छहरा गाउँपालिका संयोजक विष्णु रायमाझीले जानकारी दिनुभयो।

 

अधिवेशनसँगै गाउँपालिका सभापति चयनको विषय पनि चर्चामा आएको छ। सभापति पदका लागि हालसम्म चार जना आकांक्षी देखिएका छन्। गाउँपालिका संयोजक विष्णु रायमाझी, सहसंयोजक अम्बरबहादुर कार्की ‘राजु’, हरिलाल पोखरेल र शंकर पोखरेल सभापति पदका आकांक्षी रहेको रास्वपाका नेता झलक रायमाझीले जानकारी दिनुभयो।नेता रायमाझीका अनुसार सभापति पदमा इच्छा व्यक्त गर्ने आकांक्षीहरूसँग पार्टीले छलफल गरिरहेको हुदा सबैलाई समेट्दै सहमतिका आधारमा नेतृत्व चयन गर्ने र अधिवेशनलाई सफल बनाउने प्रयास भइरहेको उहाँले बताउनुभयो।रास्वपा रैनादेवी छहराले प्रथम ऐतिहासिक पालिकास्तरीय अधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारीलाई समेत तीव्रता दिएको जनाएको छ।

 

अधिवेशनमा जिल्ला सभापति, प्रदेशस्तरीय नेता, पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ। अधिवेशनलाई पार्टीको संगठन विस्तार, स्थानीय तहमा सुशासन र विकासका सवाल तथा युवाको भूमिकाबारे छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।रास्वपाले रैनादेवी छहरा गाउँपालिकाको सभा हल, अमलावासमा कार्यक्म गर्ने तय गरेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

पाल्पाको तिनाउँमा असल अभ्यासको आदानप्रदान सहित जिल्ला समन्वय समितिको समन्वयात्मक बैठक गरियो

भुवन रायमाझी   पाल्पाको तिनाउँ गाउँपालिकामा जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा तथा तिनाउँ गाउँपालिकाको व्यवस्थापनमा स्थानीय तह, सुरक्षा

SITENAME

रिब्दीकोटको देउरालीमा ढलान सडक निर्माणको स्थलगत नापजाँच ,गुणस्तरीय काम गर्न अध्यक्ष कार्कीको निर्देशन

भुवन रायमाझी रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ स्थित नेटादेउरालीमा ढलान सडक निर्माणका लागि स्थलगत नापजाँचको कार्य सम्पन्न भएको छ।रिब्दीकोट

SITENAME

रास्वपा रिब्दीकोटको सभापतिमा तारादेवी उचै निर्विरोध निर्वाचित

भुवन रायमाझी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रिब्दीकोट गाउँपालिका समिति पाल्पाको पहिलो पालिका अधिवेशनबाट सभापतिमा तारादेवी उचै सहित सम्पूर्ण

↑