रास्वपा रैनादेवी छहराको सभापतिमा अम्मर कार्की सहित ११ सदस्यीय सर्वसम्मत निर्वाचित

SITENAME

रास्वपा रैनादेवी छहराको सभापतिमा अम्मर कार्की सहित ११ सदस्यीय सर्वसम्मत निर्वाचित

भुवन रायमाझी

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो पालिकास्तरीय अधिवेशनबाट सभापतिमा अम्मरबहादुर कार्कीसहित ११ सदस्यीय पालिका समिति सर्वसम्मत रूपमा चयन भएको छ।अधिवेशनले सभापतिमा अम्मरबहादुर कार्की, उपसभापतिमा धनबहादुर बगाले, सचिवमा शंकर पोखरेल र सहसचिवमा लोकेन्द्र खड्कालाई सर्वसम्मत चयन गरेको हो।त्यस्तै, सदस्यहरूमा सोमबहादुर रायमाझी, चन्द्रबहादुर रायमाझी, मायादेवी कँडेल, अनबहादुर रास्कोटी, शिवबहादुर ज्ञवाली, राममाया बराल र सुदर्शन न्यौपाने चयन हुनुभएको छ।

अधिवेशनको उद्घाटन संघीय सांसद डा माधव थापाले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै सांसद थापाले पार्टी संगठन विस्तार, स्थानीय तहमा सुशासन कायम तथा विकास निर्माणका सवालमा जोड दिनुभयो।अधिवेशनलाई सम्बोधन गर्दै संघीय सांसद थापा र रास्वपा पाल्पाका उपसभापति सुमन गैरेले पार्टी संगठन विस्तार, जनतासँगको सम्बन्ध सुदृढ बनाउने तथा स्थानीय तहका विकासका सवालमा आफ्नो धारणा राख्नुभएको थियो।

 

नवनिर्वाचित समितिले रैनादेवी छहरा गाउँपालिकाका सबै वडामा संगठन विस्तार गर्दै पार्टीका नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने अपेक्षा गरिएको छ।सर्वसम्मत रूपमा नेतृत्व चयन भएसँगै पालिकामा पार्टी संगठनलाई थप सुदृढ बनाउने र स्थानीय नागरिकका समस्या तथा आवश्यकताका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने जिम्मेवारी आफूहरूको काँधमा आएको नवनिर्वाचित सभापति अम्मरबहादुर कार्कीले बताउनुभयो।

 

कार्यक्रममा जिल्ला सदस्य ईश्वरी पोखरेल, जिल्ला सहसचिव दिलीप घिमिरे, पाल्पा क्षेत्र नं २ का क्षेत्रीय सभापति गणेश बस्याल, लुम्बिनी प्रदेश महाधिवेशन प्रतिनिधि नारायण कार्की, निर्वाचित संगठन विभागका राजु खत्री, क्षेत्रीय उपसभापति शारदा रायमाझी तथा रैनादेवी छहराका नेता झलक रायमाझीलगायत जिल्ला, क्षेत्र र पालिकास्तरका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

रास्वपा रैनादेवी छहरा गाउँपालिका संयोजक विष्णु रायमाझीको अध्यक्षता तथा हरिओम पोखरेलको सञ्चालनमा अधिवेशन सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस
SITENAME

पाल्पाको तिनाउँमा असल अभ्यासको आदानप्रदान सहित जिल्ला समन्वय समितिको समन्वयात्मक बैठक गरियो

भुवन रायमाझी   पाल्पाको तिनाउँ गाउँपालिकामा जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा तथा तिनाउँ गाउँपालिकाको व्यवस्थापनमा स्थानीय तह, सुरक्षा

SITENAME

रिब्दीकोटको देउरालीमा ढलान सडक निर्माणको स्थलगत नापजाँच ,गुणस्तरीय काम गर्न अध्यक्ष कार्कीको निर्देशन

भुवन रायमाझी रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ स्थित नेटादेउरालीमा ढलान सडक निर्माणका लागि स्थलगत नापजाँचको कार्य सम्पन्न भएको छ।रिब्दीकोट

SITENAME

रास्वपा रिब्दीकोटको सभापतिमा तारादेवी उचै निर्विरोध निर्वाचित

भुवन रायमाझी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रिब्दीकोट गाउँपालिका समिति पाल्पाको पहिलो पालिका अधिवेशनबाट सभापतिमा तारादेवी उचै सहित सम्पूर्ण

↑