१३वर्षौँ देखि बन्द रहेको बल्ढेङ्गगढीको कालिका मन्दिरमा सराय नाच र पूजा पुन सञ्चालन

SITENAME


भुवन रायमाझी

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङ्गगढीस्थित ऐतिहासिक कालिका मन्दिरमा  १३ वर्षौँ देखि बन्द रहेको बल्ढेङ्गगढीको कालिका मन्दिरमा सराय नाच र पूजा पुन  सञ्चालन गरिएको छ। वर्षौँदेखि रोकिँदै आएको धार्मिक तथा सांस्कृतिक परम्परा यस वर्षदेखि पुनः सुरु भएपछि स्थानीयवासी तथा भक्तजनमा उत्साह छाएको छ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको बल्ढेङ्गगढीको कालिका मन्दिरमा स्थानीयवासी, भक्तजन तथा दर्शकहरूको उपस्थितिमा परम्परागत विधिअनुसार पूजा आराधना गर्नुका साथै सराय नाच प्रदर्शन गरिएको हो।विगतका वर्षहरूदेखि बन्द हुँदै आएको सराय नाच तथा पूजा पुनः सञ्चालन हुनु स्थानीय धार्मिक आस्था, मौलिक संस्कृति र ऐतिहासिक परम्पराको संरक्षणका दृष्टिले महत्त्वपूर्ण उपलब्धि भएको सामाजिक व्यक्तित्व तथा युवा समाजसेवी झपिन्द्र रायमाझीले बताउनुभयो।रायमाझीका अनुसार यसले बल्ढेङ्गगढीको पुरानो धार्मिक तथा सांस्कृतिक पहिचानलाई पुनः जीवन्त बनाउने देखिएको छ ।

 

बल्ढेङ्गगढी रुपन्देही सम्पर्क समाजको विशेष पहल तथा वडा नम्बर ७ को कार्यालयको सहयोगमा सराय नाच र पूजा पुनः सञ्चालन गरिएको वडा अध्यक्ष देवेन्द्र पुनले जानकारी दिनु भयो । उहाँले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्दै बल्ढेङ्गगढीको धार्मिक तथा पर्यटकीय पहिचानलाई थप उजागर गर्न यस्ता सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। बल्ढेङ्गगढी ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित छ। यहाँको कालिका मन्दिरप्रतिको जनविश्वास र सराय नाचजस्ता मौलिक परम्पराले यस क्षेत्रको सांस्कृतिक पहिचानलाई थप बलियो बनाउँदै आएका छन्।

 

स्थानीय समुदाय, वडा कार्यालय र विभिन्न सामाजिक संस्थाको सहकार्यमा यस परम्परालाई निरन्तरता दिन सके भावी पुस्ताका लागि समेत महत्त्वपूर्ण सांस्कृतिक सम्पदा संरक्षण हुने विश्वास गरिएको छ। वर्षौँदेखि रोकिएको सराय नाच पुनः ब्युँतिएसँगै बल्ढेङ्गगढीको धार्मिक आस्था, इतिहास, संस्कृति र पहिचानले नयाँ जीवन पाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

पाल्पाको तिनाउँमा असल अभ्यासको आदानप्रदान सहित जिल्ला समन्वय समितिको समन्वयात्मक बैठक गरियो

भुवन रायमाझी   पाल्पाको तिनाउँ गाउँपालिकामा जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा तथा तिनाउँ गाउँपालिकाको व्यवस्थापनमा स्थानीय तह, सुरक्षा

SITENAME

रिब्दीकोटको देउरालीमा ढलान सडक निर्माणको स्थलगत नापजाँच ,गुणस्तरीय काम गर्न अध्यक्ष कार्कीको निर्देशन

भुवन रायमाझी रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ स्थित नेटादेउरालीमा ढलान सडक निर्माणका लागि स्थलगत नापजाँचको कार्य सम्पन्न भएको छ।रिब्दीकोट

SITENAME

रास्वपा रिब्दीकोटको सभापतिमा तारादेवी उचै निर्विरोध निर्वाचित

भुवन रायमाझी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रिब्दीकोट गाउँपालिका समिति पाल्पाको पहिलो पालिका अधिवेशनबाट सभापतिमा तारादेवी उचै सहित सम्पूर्ण

↑